भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ? « Khabarhub

भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै गुरुङले एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गरेको सरकारले बस्नेतलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका हुन् ।

‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’, गुरुङले शेयर गरेको भावनाको फेसबुक स्टाटसमा लेखिएको छ, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै