ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो « Khabarhub

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद् भंग गरेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद् भंग गरिएको आरोप लगाएका हुन् ।

उनले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जने-जी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे  ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राखे । उनले राजनीतिक दलका नेताहरूको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए । 

अदालतमा आगो लगाउनेहरूबाट बनेको सरकारले निरन्तर रूपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए । 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ५ : ५७ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दी धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता