जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण | Khabarhub Khabarhub

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरण पत्र बुझाएका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए।

त्यसपछि आयोगले प्रहरीले आयोगलाई सहयोग नगरको आरोप लगाउँदै बिहीबार खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

आईजीपीले आज शुक्रबार आयोगसमक्ष स्पष्टीकरण बुझाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अहिले भने आयोगले मागेअनुसारका विवरण पनि प्रहरीले पठाएको छ।
जेनजी आन्दोलनको घटनाबारे आयोगले बिहीबारदेखि बयान लिन थालेको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको थियो। भदौ २४ गते नक्खु कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगले बाहिरिनुको कारणसहितबारे ६ घण्टा बढी बयान लिएको थियो। प्रहरीले प्रहरी अधिकारीसँग पनि बयान लिँदैछ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : २७ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव