माधव नेपाल भन्छन्ः कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता हो « Khabarhub

माधव नेपाल भन्छन्ः कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता हो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् ।

पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कटको सामना गर्न सम्पूर्ण देशभक्त वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

मुलुकको समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन तथा आर्थिक समृद्धि, सुशासन कायम गर्ने उद्देश्यले वामपन्थीबीच एकता प्रक्रिया सुरु गरिएको र आगामी दिनमा यस कार्यलाई थप विस्तार गरिने उनले प्रष्ट पारे ।

समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको तथा विभिन्न प्रकारले वामपन्थी अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेतालाई एकता प्रक्रियामा सहभागी हुन सहसंयोजक नेपालले आह्वान गरे ।

सो अवसरमा उनले नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीलाई पार्टी प्रवेश गराए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ५० बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति