भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध होइन : पुटिन « Khabarhub

भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध होइन : पुटिन


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध नरहेको प्रष्ट्याएका छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।

आजतक र इण्डिया टुडेसँगको संवादका क्रममा उनले अमेरिका वा कुनै तेस्रो पक्षविरुद्ध रुसले भारतसँग साझेदारी नगरेको प्रष्ट्याएका हुन् । संवादका क्रममा उनलाई हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको भन्सार शुल्क नीति तथा त्यसले भारत र रुसलाई पार्ने प्रभावबारे प्रश्न गरिएको थियो ।

जवाफमा उनले आफूले हावा तालमा कुनै निर्णय नगर्ने र आफ्ना सल्लाहकारका सल्लाहमा आफ्नै नीति सञ्चालन गर्ने बताए । उनले अमेरिकी भन्सार शुल्क नीतिका कारण जोखिम उत्पन्न भएपनि हरेक मुलुकको नेतृत्वलाई आफ्नो देशको हितमा निर्णय गर्ने अधिकार रहेको उल्लेख गरे ।

आफूहरुले यस्तो अभ्यास नगर्ने बताउँदै राष्ट्रपति पुटिनले रुसी अर्थतन्त्र खुला रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : १९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको