जनमत पार्टीले सरकार चलाउन कांग्रेस-एमालेबाट सिक्नुपर्छ : उपेन्द्र महतो  « Khabarhub

जनमत पार्टीले सरकार चलाउन कांग्रेस-एमालेबाट सिक्नुपर्छ : उपेन्द्र महतो 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोले मधेस प्रदेशसभामा जनमत पार्टीले सारकार चलाउन  कांग्रेस र एमालेबाट सिक्नु पर्ने बताएका छन् । 

सांसद महतोले यो व्यवस्थामा जनमत पार्टी पहिलो पटक आएकाले उनीहरूलाई सरकारको नेतृत्व गर्न र चलाउन सिक्नुपर्ने बताएका हुन् ।

  मंगलबार मधेस प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले भने, ‘सरकार सञ्चालन तपाईंहरुलाई सिक्नै पर्छ । चाहे कांग्रेसबाट होस्, एमालेबाट होस्, जसपा होस् अथवा लोसपाबाट होस् । तपाईंले रोडमा गाली दिने, रोडमा कर्मचारीलाई काम गरेन भनेर कालो मोसो दलेको विगतमा अहिले तपाईँ त्यो सिटमा हुनुहुन्छ । कर्मचारीले काम गर्न दिएन भन्न मिल्दैन ।

यस्तै महतोले सरकार चलाउनु र आन्दोलन गर्नु फरक कुरा भएको बताएका छन् । जनमत पार्टीलाई लक्षित गर्दै महतोले भने, ‘सडकबाट तपाईँ जे पनि उठाउन सक्नुहुन्छ । मल खादको फ्याक्ट्री पनि खोदलिन्छु भन्न सक्नुहुन्छ । यो पाँच महिनामा के गर्नुभयो? मल खादको फ्याक्ट्री खोल्न कता सुरु गर्नुभयो ? त्यसैले आन्दोलन र सरकार चलाउने कुरा फरक हो ।’ 

सांसद महतोले परेको समस्याको समाधान संसदबाट र प्रदेशसभाको बैठकबाट खोज्नुपर्ने बताए । उनले भने, ‘तपाईँ ड्राइभर सिटमा बसेर मैले काम गर्न सकिन, मलाई काम गर्न दिइएन भन्नु हाँस्यास्पद हो, तपाईंको असक्षमताको परिचय हो, तपाईंले कुनै पनि समस्या हो भने गठबन्धनको बैठक बोलाउनुपर्ने हो, संसद खोल्नुपर्ने हो, संसदबाट निकास निस्कने हो, एमालेले कांग्रेसले गर्न दिएन भन्नु गलत कुरा हो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ४७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत