अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा, एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी « Khabarhub

अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा, एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

आजका आर्थिक समाचार

नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा रिट नम्बर ०८१–धअ–००३५ मा थापाले दर्ता गराएका छन् । कृष्ण बाहादुर थापाले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । थापाले नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई प्रतिवादी बनाएर रिट दायर गरेका छन् ।

‘धितो पत्र सम्बन्धी ऐन, २०६३ दफा ११६, ११७ र ११८ मा प्रत्योजन गरेको अधिकारमा नेपाल धितो पत्र बोर्डलाई धितो पत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार रहेको देखिँदैन ।’ थापाले सोमबार दायर गरेको मुद्दामा भनिएको छ ।

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो।

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अंकले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ ।

समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ ।

सुनको मूल्य आज पनि स्थिर

नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो । यता, आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : ३१ बजे

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा