खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै « Khabarhub

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर– खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।

यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यो सडकको करिब २५ किलोमिटरमध्ये अहिले डेढ किलोमिटर कालोपत्र हुने उनको भनाइ छ ।

यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले दुई करोड र कोशी प्रदेश सरकारको २५ लाख गरी दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ४९ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी