विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले  विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरू ‘एक्सन रुम’बाट  छलफल गर्न लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको पनि जानकारी गराएका छन् ।
 
प्रधानमन्त्रीले लेखेका छन्– ‘शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदैछ । हाम्रो प्राथमिकता छ– थालेको काम सक्ने ।  विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : ०९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा