चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै « Khabarhub

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदैछ ।

एक्पोको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने छ । दूध किसानका समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन गर्नसकिने उपायबारे अवलोकनकर्तालाई तथा किसानलाई बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ ।

प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने छन् । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : २५ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला