झाडी फाँडेर १४० रोपनीमा ओखर खेती « Khabarhub

झाडी फाँडेर १४० रोपनीमा ओखर खेती


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखर खेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

ओखर खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान गरी २४ लाख लगानी भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखर खेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र