गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो « Khabarhub

गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेशसभाको बैठक फागुन २ गतेका लागि सारिएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै विशेष कारण देखाउँदै बैठक सारिएको जानकारी दिएको हो।

प्रदेश सभाको हिउँदे अधिवेशन २१ गते सुरु भएको थियो। पहिलो दिन १० मिनेटमै सकिएको बैठक ३० गते बस्ने तय गरिएको थियो। तर, प्रदेश सभा सदस्य तथा मन्त्रीहरू जिल्लातिर रहेको र फागुन १ गते जनयुद्ध दिवस परेकाले बैठक सारिएको हो।

२१ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेस गरेका थिए। प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन छन्। सरकारले औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक दर्ता गराइसकेको छ।

मुख्यमन्त्री पाण्डेले हिउँदे अधिवेशनमा १० भन्दा बढी विधेयक पारित गर्ने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ४ विधेयकका लागि तयारी गरिरहेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाँजा खेती र घरेलु मदिरा सम्बन्धी विधेयक अघि बढाएको छ। ऊर्जा मन्त्रालयले विद्युत् ऐनको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ। भौतिक मन्त्रालयले २ विधेयक ल्याउँदै छ भने स्वास्थ्य मन्त्रालयले पनि एउटा विधेयकमाथि तयारी गरिरहेको छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र