उद्योगमन्त्रीले गरे नवलपरासीस्थित औद्योगिक गतिविधिको अवलोकन | Khabarhub Khabarhub

उद्योगमन्त्रीले गरे नवलपरासीस्थित औद्योगिक गतिविधिको अवलोकन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन् ।

आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेकोसमेत बताए ।

उनका अनुसार स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने जनाए ।

मन्त्री भण्डारीले संवृद्धि स्टिल फ्याक्ट्रीको अवलोकन गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल फ्याक्ट्री को अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरेका थिए । 

छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगमैत्री नीति बनाउने बताउँदै उनले आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टकोसमेत अवलोकन गरेका थिए ।  स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै  मन्त्री भण्डारीले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ११ बजे

दोलखाको यलुङरी हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, आठ बेपत्ता

दोलखा– गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ

अष्ट्रेलियाका जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र