लप्सीफेदी सबस्टेसन निर्माणमा सांसद गौतमको आपत्ति, स्थानीयको उठिबास हुने चिन्ता « Khabarhub

लप्सीफेदी सबस्टेसन निर्माणमा सांसद गौतमको आपत्ति, स्थानीयको उठिबास हुने चिन्ता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा मानव बस्तीबीचबाट सबस्टेसन लगिएपछि स्थानीयको उठिबास हुने अवस्था सिर्जना भएको बताएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले मान बस्तीबीचबाट सशस्टेशन लगिएपछि राज्यले नै अन्याय गरेको महसुश जनताले गर्न थालेको पनि बताइन् ।

‘काठमाडौंको शंखरापुर लप्सेफेदीमा निर्माण हुने सबस्टेशनका विषयमा यस सदनमा पटक पटक आफ्नो कुरा मार्फत ध्यानाकर्षण गराएको छु । प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्तीविचबाट लगिएको सबस्टेसनले त्यहाँका जनता उठिबास हुने अवस्थामा पुगेका छन्,’ सांसद गौतमले भनिन्, ‘राज्यले नै अन्याय गरेको महसुश त्यहाँका जनताहरु गर्न थालेका छन् । आज प्रशासन र नागरिकबीच भएको द्धन्दले त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ ।’

शंकरापुरका जनता विकासविरोधी नभएको जिकिर गर्दै उनले राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको पनि बताइन् । 

‘जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरिने विकास कार्यले जनतालाई कसरी राहत दिन सक्छ ? म प्रश्न गर्न चाहन्छु,’ सांसद गौतमले भनिन् ।  

विकासलाई जनता स्वयम्ले आत्मसात् गर्न पाउनुपर्नेमा जोड दिँदै उनले सरकारले जनताको आवाजलाई वेवास्ता गरी उम्कन नहुने बताइन् । 

‘त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रुपमा वार्ता गरी लाठी नभाँचियोस्, सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र