लप्सीफेदी सबस्टेसन निर्माणमा सांसद गौतमको आपत्ति, स्थानीयको उठिबास हुने चिन्ता « Khabarhub

लप्सीफेदी सबस्टेसन निर्माणमा सांसद गौतमको आपत्ति, स्थानीयको उठिबास हुने चिन्ता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको शंखरापुर लप्सेफेदीमा मानव बस्तीबीचबाट सबस्टेसन लगिएपछि स्थानीयको उठिबास हुने अवस्था सिर्जना भएको बताएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले मान बस्तीबीचबाट सशस्टेशन लगिएपछि राज्यले नै अन्याय गरेको महसुश जनताले गर्न थालेको पनि बताइन् ।

‘काठमाडौंको शंखरापुर लप्सेफेदीमा निर्माण हुने सबस्टेशनका विषयमा यस सदनमा पटक पटक आफ्नो कुरा मार्फत ध्यानाकर्षण गराएको छु । प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्तीविचबाट लगिएको सबस्टेसनले त्यहाँका जनता उठिबास हुने अवस्थामा पुगेका छन्,’ सांसद गौतमले भनिन्, ‘राज्यले नै अन्याय गरेको महसुश त्यहाँका जनताहरु गर्न थालेका छन् । आज प्रशासन र नागरिकबीच भएको द्धन्दले त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ ।’

शंकरापुरका जनता विकासविरोधी नभएको जिकिर गर्दै उनले राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको पनि बताइन् । 

‘जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरिने विकास कार्यले जनतालाई कसरी राहत दिन सक्छ ? म प्रश्न गर्न चाहन्छु,’ सांसद गौतमले भनिन् ।  

विकासलाई जनता स्वयम्ले आत्मसात् गर्न पाउनुपर्नेमा जोड दिँदै उनले सरकारले जनताको आवाजलाई वेवास्ता गरी उम्कन नहुने बताइन् । 

‘त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रुपमा वार्ता गरी लाठी नभाँचियोस्, सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : २८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको