आवासीय चिकित्सकहरूले सरकारीसरह निर्वाह भत्ता पाउने  « Khabarhub

आवासीय चिकित्सकहरूले सरकारीसरह निर्वाह भत्ता पाउने 


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता उपलब्ध गराउने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगको बैठकमा यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक रु २३ लाख शुल्क लिने विषयमा पनि छलफल भएको छ । 

हाल निजी मेडिकल कलेजले मासिक रु २० हजार निर्वाह भत्ता दिँदै आएका छन् । पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।

बैठकमा निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष प्रा।डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए । तर आयोगका प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेका पारिन्।

चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरू गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ५१ बजे

पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक

काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान

एमालेमा प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव गर्दैमा समस्या हुँदैन : विष्णु रिमाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको

धवलागिरिमा एक सय २९ योजना छनोट

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक

काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको