कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोज्यो : माओवादी « Khabarhub

कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोज्यो : माओवादी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोजेको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथिको छलफलका क्रममा सरकारले प्रक्रिया मिच्न खोजेको आरोप लगाएका हुन् । 

उनले मानवअधिकार समितिबाट सर्वसम्मतले पारित भएको विधेयकमाथि सरकारले सदनलाई नै अन्यौलमा राखेर आफू अनुकूलको कानून बनाउने प्रयास गरेको आरोप लगाए । प्रक्रिया मिच्दै संसद् चलाउने विषयमा माओवादीले आपत्ति जनाएको उनले बताए ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणका क्रममा संसद् नै निर्णायक हुने भएकाले सरकारले विधेयकमाथि छेडखानी गर्न नसक्ने बताए । समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्ने काम सरकारको भएकाले विधेयकमाथि उठेका प्रश्नको जवाफ सरकारले दिने प्रावधान रहेको उनले बताए । बर्तौलाले माओवादीको विरोधका कारण नभई केही प्राविधिक कारणले शुक्रबार उक्त विधेयक निर्णयार्थ प्रस्तुत हुन नसकेको दावी गरे ।

उनले कानून निर्माणमा सत्तापक्ष र विपक्षी एक हुनुपर्ने उल्लेख गरे । बर्तौलाले धारणा राखेपछि माओवादी प्रमुख सचेतक पाण्डेले संसदलाई छलेर कानून बनाउने प्रयास गरेको दोहोर्‍याए ।

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकलाई छलफल गरेर मात्रै निर्णयार्थ प्रस्तुत गर्नुपर्ने माओवादीको अडान पछि सभामुख देवराज घिमिरेले शुक्रबार विधेयकमाथि मन्त्रीको जवाफ र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटाएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ०९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र