मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ सडक निर्माण भएको हो : सांसद आले  « Khabarhub

मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ सडक निर्माण भएको हो : सांसद आले 


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै  भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् ।

आज शुक्रबार संघीय संसद्को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको भन्दै उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्त्वहरूले अनावश्यक हल्ला फिँजाइरहेको बताए।

उनले भने, ‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । बजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिँजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन् की प्रदेशका मन्त्री, सांसदले ?।’

यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरूले बजेट विनियोजन नगराएको भन्दै आफ्नो एकल प्रयास र मेहनतले बजेट पार्न सफल भएको जिकिर गरे। 

उनले भने, ‘झुटको खती गर्न त लाज मानौँ । तपाईहरुलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जा बोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको हो ।’

आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेता गर्दा गर्दा बहुँवर्षिय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिनु भएको भन्दै सांसद आलेले तत्कालीन प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री वर्षमान पुन तथा हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिएका थिए ।

धनगढीदेखि उरै सम्म पुर्‍याउने लक्ष्य बोकेको उक्त योजना निर्माणका लागि रु १ अर्ब बजेट भए पनि यो कमै भएको तथा १ अर्बले अब हाडखोलीदेखि कापडा सम्म ७ मिटर चौडा भएको सडक कालोपत्रेका लागि चाडो भन्दा चाडो टेण्डर आह्वान गर्न सडक विभागलाई र डिभिजनलाई उहाँले आग्रह गरेका छन् ।

यो सडक भारत–नेपाल–चिन जोडिएको त्रिदेशीय सडक भएको तथा भारत र नेपालका हिन्दु धर्मावलम्बी यो सडक मार्ग भएर चीनको मानसरोवर सम्म जाने नेपालको सबैभन्दा छोटो र भू–बनावटका आधारमा सुविधाजनक सडक भएकाले यो सडक निर्माणका लागि म अनवरत रूपमा लागि रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ११ बजे

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका