सहकारी पीडितहरू फेरि उत्रिए सडकमा (तस्बिरहरू) « Khabarhub

सहकारी पीडितहरू फेरि उत्रिए सडकमा (तस्बिरहरू)


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिटर ब्याजीहरूलाई कारबाहीको माग गर्दै सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासङ्घले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी, लघुवित्त, बैङ्क एवम् मिटर ब्याजीहरूको अराजकताका विरुद्ध संयुक्त आन्दोलन नाम दिएको प्रदर्शन राष्ट्रपति कार्यालयतर्फ अघि बढेको छ ।

क्षेत्रपाटी, शान्ति वाटिका, दरबारमार्ग नारायणहिटी सङ्ग्रहालय हुँदै राष्ट्रपति कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

वित्तीय पीडकहरूलाई कारबाहीको मागसहितको राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

‘बाँचौँ, बचाऔँ र अघि बढौँ, आफ्नो न्यायको लागि आफैँ जुटौँ, सम्पूर्ण वित्तीय पीडितहरू एक होऔं ।’ भन्ने मुख्य नारासहित पीडितले प्रदर्शन गरेका छन् ।

‘पीडितको बचत अपचलन गर्ने ठगहरूको सातपुस्ते विवरण सार्वजनिक गर’, ‘सरकार पीडितको बचत रकमको जिम्मेवारी लेऊ’, ‘ए नालायक सरकार पीडितको घाउमा मलम लगाउने काम गर’, ‘एकजुट नभई सम्भव छैन, आन्दोलनबाहेक विकल्प छैन’ लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै पीडितले प्रदर्शन गरेका छन् ।

पटकपटक सरकारले सम्झौता गरेर पनि कार्यान्वयन नगरी जनताको मागलाई अवहेलना गरेकाले चुप लागेर बस्ने अवस्था नरहेको पीडितको भनाइ छ ।

भ्रष्टाचार व्याप्त भएको र आर्थिक मन्दीले थिलथिलो पारेकाले पीडितले शान्तिपूर्ण प्रदर्शन गरेको जनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : ४३ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका