मन्त्रिपरिषद् बैठक बस्दै, होला नयाँ गभर्नरको नियुक्ति ? | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, होला नयाँ गभर्नरको नियुक्ति ?


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषदको बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको टुंगो लगाउने सम्भावना छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यस्तोमा सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नै पर्ने बाध्यता छ । महाप्रसाद अधिकारी गभर्नरबाट चैत २४ गते बिदा भइसकेकाले राष्ट्र बैंकको नयाँ नेतृत्वको टुंगो सोमबार नै लाग्न सक्नेछ ।

सोमबार मात्रै अर्थ मन्त्रालयले राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नयाँ गभर्नरको टुंगो लगाएपछि ओली मंगलबार बिहान मधेश प्रदेशतिर जाने कार्यक्रम छ । मधेश प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली मंगलबार बिहान जनकपुरतर्फ जाने भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्बोधन गरिसकेका छन् । मधेशपछि उनले बागमती प्रदेशसभामा सम्बोधन गर्ने तयारी गरेका छन्।

चर्चा

आगामी गभर्नरका रूपमा विभिन्न क्षेत्रसँग जोडिएका व्यक्तिबारे अड्कलबाजी जारी छ । केही व्यक्तिले शक्तिकेन्द्रलाई रिझाउने कोसिस जारी राखेका छन् ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा ३ अनुसार सिफारिस समितिले ‘आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन र वाणिज्य–कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस’ गर्नुपर्ने हुन्छ ।

ऐनको त्यही व्यवस्थाअनुसार सिफारिस समितिले राष्ट्र बैंकका डेपुटी गभर्नरको तर्फबाट एकजनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने हुन्छ ।

जसमध्ये राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर नीलम ढुंगानाले गभर्नर पदका लागि लामो समयदेखि सक्रियता बढाएकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका रूपमा आगामी गभर्नरमा आफूलाई अघि सारेकी छन् । उनले मिडिया लबिइङदेखि पहुँचवालालाई प्रभावमा पार्ने कोसिस जारी राखेकी छन् ।

राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि नयाँ गभर्नरमा सिफारिस हुनसक्ने व्यक्तिका रूपमा छन् । कानुनी रुपमा योग्यता पुगेसँगै प्रधानमन्त्री ओलीनिकट अर्का दाबेदारका रूपमा मिश्रको चर्चा भइरहेको छ ।

त्यस्तै, राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्ट पनि गभर्नरको लागि सिफारिस हुनसक्ने बलिया दाबेदार हुन् ।

प्रकाशकुमार श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँद योजना आयोगको उपाध्यक्षका रुपमा थिए ।

गुणाकर भट्ट कांग्रेस नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका व्यक्ति हुन् । राजनीतिक पहुँचका हिसाबले यी दुई पार्टीका उच्च तहका नेतासँग उनीहरूको राम्रो सम्बन्ध छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ३९ बजे

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको 

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी