यस्ता छन्, कारागारबाट रवि लामिछानेले दिएका चार सन्देश « Khabarhub

यस्ता छन्, कारागारबाट रवि लामिछानेले दिएका चार सन्देश


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीसम्बद्ध नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्चअदालत तुलसीपुर बुटवल इजलासबाट थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरी उनलाई हाल भैरहवा कारागार चलान गरिएको छ । कारागारबाट लामिछानेले पार्टी नेता, कार्यकर्ताका नाममा सन्देश प्रवाह गरेका छन् ।

लामिछानेले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन दलसम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस् ।’ लामिछानेले भनेका छन् ।

यो पनि पढ्नुहोस् :

भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ

यस्ता छन् लामिछानेका चार सन्देश

१. अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु । तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।

२. न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशङ्का उठेका र उठाइएका छन्, ती गलत साबित हुन् ।

३. पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस् ।

४. अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : १५ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि