अर्थसंक्षेप : कामु गभर्नरको जिम्मेवारी तिम्सिनालाई, ३३ अंकले घट्यो नेप्से र ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित « Khabarhub

अर्थसंक्षेप : कामु गभर्नरको जिम्मेवारी तिम्सिनालाई, ३३ अंकले घट्यो नेप्से र ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित


२४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित

चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।

विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको सङ्केत दिएको छ ।

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य

सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षीय कार्यकाल सकाएर घर फर्किएका छन् ।

गभर्नर अधिकारी घर गएपछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३३ अंकले घटेको छ । सरकारले गभर्नर नियुक्त गर्ने भन्ने चर्चाबीच सोमबार नेप्से १.२३ प्रतिशतले घटेर २६७० विन्दुमा पुगेको हो ।

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकेर चैत २४ गते नै राष्ट्र बैंकबाट बाहिरिएका छन् । तर, सरकारले सत्तापक्षीय गठबन्धनमा नै पात्र छनोटको सहमति गर्न नसक्दा अर्थ मन्त्रालयले पुनः कायममुकायम गभर्नर तोकेको हो ।

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

बस्ती संरक्षणका लागि नदीमा ग्याबियन पर्खाल निर्माण

काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा

काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ ।

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले खबरहबलाई जानकारी दिएका छन् ।

महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् ।

महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ?

शुक्लाफाँटा निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

भारतीय शेयर बजार ‘क्र्यास’

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ७ : १३ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा