चिल्ली ग्रुपले पोखरामा डेढ अर्ब लगानीमा खोल्यो ‘टेम्पल बेल बुटिक होटल’ « Khabarhub

चिल्ली ग्रुपले पोखरामा डेढ अर्ब लगानीमा खोल्यो ‘टेम्पल बेल बुटिक होटल’


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको व्यवसायिक ग्रुप चिल्ली ग्रुप अफले टेम्पल बेल बुटिक होटल संचालनमा ल्यायको छ ।

पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका हुन् ।

पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा सञ्चालित टेम्पल बेल बुटिक होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम छन् ।

स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए । उनले बुटिक होटल भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्ड सहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा छ ।

साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल तयार गर्न करिब ५५ करोड रुपैयाँ लगानी भइसकेको अर्का सञ्चालक भीष्मराज पौडेलले बताए ।

चिल्लीअन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालित छ । ग्रुपले अहिले १ सय ४० जनालाई रोजगारी दिएको छ । ग्रुपले होटलका लागि जग्गासहित करिब डेढ अर्ब लागनी गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : २९ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ