‘केपी ओली कप’ क्रिकेट : काठमाडाैं सेमिफाइनलमा « Khabarhub

‘केपी ओली कप’ क्रिकेट : काठमाडाैं सेमिफाइनलमा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की । पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आज भएको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितको समूह ‘ए’ मा रहेको काठमाडौँले समूहका आफ्ना तीनवटै खेलमा जित निकाल्दै समूह विजेतासमेत बनेको छ ।

घरेलु टोली पोखराले सुरुआतमा टस जितेर ब्याटिङ गर्दै १७ ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । यस क्रममा काठमाडौँका दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीले तीन–तीन विकेट लिए ।

जितका लागि ५४ रनको झिनो लक्ष्य काठमाडौँले चार ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए ।

यसैगरी समूह ‘ए’ को दोस्रो खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई पाँच विकेटले हराएको छ । जितका लागि आवश्यक १७७ रनको लक्ष्य हेटौँडाले १८ ओभरको चौथो बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा छ चौका र तीन छक्का प्रहार गरे । रामनरेश गिरीले २० रनको अविजित पारी खेले । यसैगरी युविन बुढाथोकीले ३० रन जोडे ।

बलिङतर्फ स्याङ्जाका सुजन गौतमले दुई तथा मिलन लुइँटेल, सन्दीप खत्री क्षेत्री र अस्विनी रानाले एक–एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा सवै विकेट गुमाएर १७६ रन बनायो । बलिङर्फ हेटौँडाका असिम श्रेष्ठले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अकिलेश ठाकुरले दुई तथा अलि मन्सुरी र रामनरेश गिरीले एक–एक विकेट लिए ।

मङ्गलबार समूह ‘बी’ मा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच पहिलो खेल तथा सोही समूहअन्तर्गत रहेको गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : २६ बजे

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले

रोल्पा र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– रोल्पाको रून्टिगढी गाउँपालिका-७ खर्चेस्थित सडकमा बागेबाट दाङतर्फ जाँदै गरेको रा.१ ख ३१८६