दाङबाट आएको गोलभेडामा विषादी भेटियो « Khabarhub

दाङबाट आएको गोलभेडामा विषादी भेटियो


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीकै ठूलो तरकारी बजार सुर्खेतस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेडा र काँक्रामा खान नहुने विषादी भेटिएको छ। दाङदेखि आज बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेडा र काँक्राको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएको हो । 

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा एक सय ७६ केजी गोलभेडा र ९० केजी काँक्रा नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले बताए ।

‘प्रयोगशालाका रिपोर्ट अनुसार दाङबाट आएको गोलभेडा र सुर्खेतको झुप्राबाट ल्याइएको काँक्राको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ६१ प्रतिशत बढी भेटिएको छ,’ उनले भने, ‘प्रयोगशालाले उक्त गोलभेडा र काँक्रा उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुरुन्त नष्ट गर्न बुलबुले कृषि थोक बजारमा रहेको समितिलाई आग्रह गरिएको छ ।’

बुलबुले कृषि थोक बजारमा दैनिक करिब ५० टन भन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ । चालू आर्थिक वर्ष २०८१-८२ को कार्तिक १५ देखि वैशाख ८ गतेसम्म बुलबुले कृषि थोक बजारको द्रुत विषादी विश्लेषण एकाइमा एक हजार तीन सय ८५ वटा नमुना परीक्षण गरिएकोमा १७ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४६ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा