एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा « Khabarhub

एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।

पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो। पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रूप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ।

विज्ञप्तिमा घाइते नेता पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। 

‘समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढंगले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रदेश कमिटीले यस्तो अराजक गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै पार्टी अनुशासन र मर्यादा पालना गर्न सबैमा अपिल गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ०२ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन