एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा « Khabarhub

एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेश कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्।

पर्वत जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद चर्किएपछि आन्तरिक छलफल तनावपूर्ण बनेको थियो। पार्टी जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायत नेताहरूको उपस्थितिमा भएको छलफलले उग्र रूप लिँदै पौडेलमाथि कुटपिट भएको प्रदेश कमिटीले जनाएको छ।

विज्ञप्तिमा घाइते नेता पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। 

‘समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढंगले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रदेश कमिटीले यस्तो अराजक गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै पार्टी अनुशासन र मर्यादा पालना गर्न सबैमा अपिल गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ०२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ