अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल « Khabarhub

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले आज आयोजना गरेको ‘सामाजिक रूपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पौडेलले राजनीतिक परिवर्तनमा विद्यार्थी र युवाको भूमिका महत्त्वपूर्ण रहेकाले आगामी दिनमा पनि युवाले नै नेतृत्व लिने बताए ।

“अब राजनीतिलाई पछिल्लो पुस्ताले नै बढाउने हो । केही समय लाग्न सक्छ, अफ्ठ्यारा हुनसक्छन् । यद्यपि आउँदो समयमा नेतृत्व लिन युवाले आफूलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ । तर, म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन । आफूलाई लायक बनाउनुपर्छ”, मन्त्री पौडेलले भने।

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै उनले आफ्नो क्षमता विस्तार गरेर युवाले नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए । काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिलाई सम्मानसमेत गरिएको उक्त कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले दलले गर्ने गलत कार्यमा विद्यार्थीले खबरदारी गर्नुपर्ने बेला आएको बताए ।

“अब मातृ पार्टीले केही गलत गरे खबरदारी गर्न डराउनु हुँदैन, खबरदारी गर्ने कसले हो ? तपाईंले होइन ? नभए विस्तारै युवाको विश्वास आफ्नै पुस्तासँग पनि गुम्दै जान्छ, त्यसैले आफ्नो कुरा भन्न हिच्किचाउनु हुँदैन”, उनले भने।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायतले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीको भूमिकाको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम आयोजक संस्था परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे चर्चा गर्दा त्यसलाई भुल्न नहुने बताए ।

“हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्त्वपूर्ण थियो, छ र हुनेछ । देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै निर्देश गरेको देखिन्छ, त्यसकारण विद्यार्थीको भूमिकालाई नजरअन्दाज गर्नु गल्ती हुनेछ”, उनले भने ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त