सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ « Khabarhub

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

भारतीय सीमाबाट कोही पैदल र कोही स्कुटरमा आइरहेका बेला शङ्का लागेर खानतलासी गर्दा उनीहरूको साथबाट २२ ग्राम ८१ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूको गोजी र झोला खानतलासी गर्दा ६ जनाले विभिन्न मात्रामा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । शक्रबार पक्राउ परे पनि उनीहरूलाई प्रहरीले शनिबार दिउँसो सार्वजनिक गरेको हो ।

प्रहरीले इटहरी–१५ का अजय चौधरीको साथबाट २ ग्राम ४ सय ७० मिलिग्राम, कोशी–१ का हिमालकुमार मण्डल र करणकुमार मण्डलको साथबाट ३ ग्राम २ सय ४० मिलिग्राम, कोशी–२ का दयानन्द यादवको साथबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।

यस्तै धरान–१७ का विवेक विश्वकर्माको साथबाट २ ग्राम १ सय ५० मिलिग्राम, धरान–१७ कै संगम राई र धरान–१९ का सिमसन राईको साथबाट २ ग्राम २ सय ३० मिलिग्राम, बराहक्षेत्र–७ का कौशल कालिकोटेको साथबाट ६ ग्राम ५ सय ३० मिलिग्राम, याकुव राईको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरी अनुसन्धानका अनुसार लागुपदार्थ दुर्व्यसनीले पछिल्लो समयमा ९ मिलिग्रामको एक डोज बनाउने गरेका छन् । एक डोजको करिब १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँ पर्ने गरेको छ । प्रहरीले पक्राउ गरेका ९ जना युवाको साथबाट बरामद २२ ग्राम ८१ मिलिग्राम ब्राउनसुगरबाट २ हजार ४ सय ५३ डोज बन्ने र दुर्व्यसनीलाई बिक्री गर्ने उद्देश्यले भारतीय गिरोहबाट ब्राउन सुगर आपूर्ति हुने गरेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगस्थित लागुऔषध नियन्त्रण व्युरो र सुनसरीको लौकहीस्थित इलाका प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले ब्राउन सुगरसहित दुर्व्यसनीलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  २ : २८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि