राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो « Khabarhub

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको भवन निर्माण गर्न रकम विनियोजन गरेको विषयमा राप्रपाको युवा संगठनले आपत्ति जनाएको छ ।

राष्ट्रिय सम्पत्तिको संरक्षणको पक्षपाति र स्रोत साधनको दुरुपयोग गर्ने प्रवृत्तिको विरोधि भएको बताउँदै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले तरुण दललाई विनियोजन गरिएको बजेट राज्यकोषको दुरुपयोग भएको ठहर गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै युवा संगठनले विज्ञप्तिमा भनेको छ –‘कांग्रेस निकट तरुण दलको भवन निर्माणमा राज्यकोषबाट बजेट विनियोजन भएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
दलको वा संगठनको कार्यालय उसको सदस्यहरूबाट वा शुभेच्छुकहरूबाट चन्दा उठाएर बनाउने हो, राज्यकोषबाट रकम विनियोजन गर्नु सर्वथा गलत र अनुपयुक्त हुन्छ ।’

सत्तारुढ दलको संगठनको भवन बनाउने गलत परम्परा बस्दै जाने युवा संगठनको मत छ । विज्ञप्तिमा भनिएको छ, ‘दलको नेतैपिच्छेका स्मृति भवन बनाउँदै जाने हो भने त्यसको होडबाजी नै नचल्ला भन्न सकिन्न !’

राप्रपाको युवा संगठनले तरुण दलका लागि बजेट विनियोजन हुनु अनुचित र अलोकप्रिय कदम भनेको छ । विज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रचार संयोजक कल्याणविक्रम आचार्यले भनेका छन्, ‘यस्ता अनुचित र अलोकप्रिय कदमहरू अविलम्ब संशोधन गरिनुपर्छ भन्ने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको स्पष्ट धारणा रहेको छ ।’

शहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ का लागि बजेट विनियोजन भएको छ ।

नेपाल तरुण दलको केन्द्रीय कार्यालयले नेपाल तरुण दलको भवन निर्माणार्थ ३ करोड रुपैयाँ विनियोजन गरिदिएको भन्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आभार प्रकट गरेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ३ : ४५ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक