संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । सोमबार संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्नेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ माथि सैद्धान्तिक छलफल गरिने छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : १२ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार