प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर गत शुक्रबार स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ । 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ५७ बजे

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको