कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने  « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

यही असार १६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यहरू, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आफ्नो धारणा राखिसकेका छन् ।

बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

सोमबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले धारणा राख्ने छन् ।

बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेसँगै आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ। तर सभापतिका निकटतम् प्रतिस्पर्धी एक जना पनि केन्द्रीय कार्यसमिति रहने प्रावधान अनुसार केन्द्रीय समिति १६८ सदस्यीय छ ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तीन, आमन्त्रित सात प्रदेशका पार्टी सभापति, केन्द्रीय सदस्य नभएका आमन्त्रित गरिएका चार मन्त्रीहरू रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र राज्यमन्त्री खमबहादुर गर्बुजाले पनि धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : २१ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति