जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू) « Khabarhub

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् । काठमाडौंस्थित निर्मल निवासमै उनले जन्मदिन मनाइरहेका छन् ।

जन्मदिनका अवसरमा दशैंको टीकामा जस्तै निर्मल निवास सर्वसाधारणका लागि खोलिएको छ। अहिले निर्मल निवासमा सर्वसाधारणदेखि राजावादी नेता-कार्यकर्ताको पनि बाक्लो भिड लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही निर्मल निवास पसेर पूर्वराजालाई जन्मदिनको शुभकामना दिइसकेका छन् ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा आशिर्वाद ग्रहणका लागि निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएपछि लामो लाइन लागेको छ ।

पूर्वराजाको संवाद सचिवालयले जन्मोत्सवको दिन सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक र राजावादी दलका कार्यकर्ताका लागि खुला गरिएको छ ।

अहिले पूर्वराजालाई बालबालिकादेखि वृद्ध वृद्धासम्मले जन्मदिनको शुभकामना र बधाई दिइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : २१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली