यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई | Khabarhub Khabarhub

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।

यसैगरी एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । 

साथै ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार  गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ । त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरू छिन्नलताको विशेषता भएको बताए । 

गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : ०५ बजे

ट्रम्पको प्रस्तावबारे जेलेन्स्कीको अडान- युक्रेनी भूमि रूसलाई दिने सर्तमा युद्धविराम सम्भव छैन

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै हालतमा युक्रेनलाई दोस्रो पटक

क्रिकेटर ललित राजवंशीकी आमाको निधन

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)

कीर्तिपुर – श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात्‌ प्रतिपदादेखि अष्टमीसम्म आठ

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) ले गाजा सिटी कब्जा

मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४ को आवेदन खुला, दोस्रो अडिसन असार ३१ गते

काठमाडौं– स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने ‘मिस एण्ड मिसेस् युनिभर्सल सिजन