गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 

भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निर्माण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए।

 ‘भेटमा दुई देशको विकास, आर्थिक मुद्दा’, प्रवक्ता तिवारीले भने, ‘जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा साझेदारी गर्नेलगायत भएको छ ।’ 

भेटका क्रममा अन्य दुई पक्षीय चासोका विषयमा छलफल भएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ३५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड