नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली « Khabarhub

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय पर्यटन तथा नागरिक उड्यन विभागद्वारा आज यहाँ आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उनले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल)  शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार हुनुपर्नेमा जोड दिए । 

‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ती चढेर गैँडा हेर्दा वास्तविक आनन्द थाहा हुन्छ, त्यसकारण नेपाल भ्रमण गरौँ ।’

उनले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरण बनाउन सरोकार भएका पक्षले ध्यान दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले धर्ममा विश्वास गर्ने नगर्नु मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिमा भएकाजस्ता ग्रन्थमा उल्लेखित कुरालाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचारप्रसार गर्न डर मान्नुनपर्ने स्पष्ट गरे।

ज्ञान, उर्बर भूमि, विद्वान पूर्खा र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले  विश्वमा काम गर्ने जाति भनेर चिनिएको देशका नागरिकले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरखमा विश्वास गरी काममा लाग्नुपर्ने धारणा बताए।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ३७ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश