वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई « Khabarhub

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललाई प्रदान गरिएको छ ।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले महानिर्देशक  कँडेललाई तीन लाख सात हजार ७७७ को राशीको पुरस्कार प्रदान गरे ।

पुरस्कार हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य शेर्पाले राष्ट्रिय निकुञ्ज भएको कारण सगरमाथा र खुम्बु क्षेत्र बाँचिरहेको बताए।

‘कसैले राष्ट्रिय निकुञ्जको विरोध गर्‍यो भने मेरो चित्त दुख्छ, वातावरण बचाउन राष्ट्रिय निकुञ्जलाई बचाउनु पर्छ, अब संरक्षणलाई कसरी अगाडि बढाउने भनेर हामीले ध्यान दिनुपर्छ, राष्ट्रिय निकुञ्ज पुस्तौँपुस्तासम्म बचाएर राख्नुपर्छ, राजनीति गरेर एकले अर्कोलाई नटेर्ने र समन्वय नगर्ने अवस्था हुनुहुँदैन, हाम्रोबीचमा भएका समस्यालाई समाधान गरौँ’, उनले भने ।

पुरस्कार ग्रहणसँगै महानिर्देशक कँडेलले जीवनमा गरेका पवित्र कार्यको मूल्यांकन भएकामा प्रकृतिको सृष्टिप्रति सम्मान गर्दै संरक्षणमा क्रियाशील हुनुपर्नेमा जोड दिए । 

उनले सानैदेखि समाजले आत्मसम्मान गर्ने खालका काम गर्न आफूलाई मन लाग्ने गरेको बताउँदै स्थानीय समुदायसँग मिलेर सहज ढङ्गले  संरक्षणका क्षेत्रमा काम गर्न सकिने धारणा राखे। उनले प्राप्त गरेको पुरस्कार कुनै संस्थामार्फत संरक्षणका क्षेत्रमा परिचालन गर्ने जानकारी गराए ।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका संस्थापक अध्यक्ष विक्रम पाँडे काजीले ट्रेकिङ, म्याराथन र संरक्षणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ पुरस्कारको स्थापना गरिएको बताए। उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न चाहने व्यक्ति भएकाले पर्यावरण बचाउने प्रयासस्वरूप पुरस्कार स्थापना गरिएको जानकारी गराए। 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ५९ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश