अर्थसंक्षेप : नेपालले एक वर्षमै बेच्यो साढे १७ अर्बको बिजुली, जलवायु वित्त परिचालनको कार्यविधि मस्यौदा तयार र सातामा ७२ अङ्कले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : नेपालले एक वर्षमै बेच्यो साढे १७ अर्बको बिजुली, जलवायु वित्त परिचालनको कार्यविधि मस्यौदा तयार र सातामा ७२ अङ्कले घट्यो नेप्से


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको छ । साउनको १८ देखि २२ गते पाँचै कारोबार शेयर किनबेच भए पनि बजार भने ७२ अङ्कले घटेको हो ।

साताको दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । बजार दुई दिन उच्च र एक दिन सामान्य अङ्कले घटेको थियो ।

साताभर नेपाल स्टक एक्सेञ्ज (नेप्से) ७२.२६ अङ्कले घट्दा दैनिक औसत १४.४५२ अङ्कको गिरावट निम्तिएको हो ।

सातामा ४९ अर्ब ४० करोड तीन लाख ७६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । यो रकम दैनिक औसतमा नौ अर्ब ८८ करोड ७५ हजार रुपैयाँ बराबर हो ।

पाँच कारोबार दिनमा कुल १२ करोड ८६ लाख ९८ हजार ४६४ कित्ता र दैनिक औसतमा दुई करोड ५७ लाख ३९ हजार ६९३ कित्ता शेयर कारोबार भयो ।

सातामा ६ लाख २१ लाख ७६८ पटक शेयर किनबेच भयो । साताभर औसतमा ३२१ वटा कम्पनीको शेयर कारोबार भएको हो ।

जलविद्युत क्षेत्रको बीमालाई प्रभावकारी र लागत न्यून बनाइने 

नेप्से १८ अंकले बढ्यो, कारोबार कति ? 

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्यका साथ नयाँ कार्यविधि प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरी सोको मस्यौदा तयार गरेको हो ।

हाल मस्यौदाका रूपमा तयार पारी सरोकार भएका निकायलाई आवश्यक राय सुझावका लागि पठाइएको हो । सो कार्यविधि तयार भई कार्यान्वयनमा आएपछि जलवायु परिवर्तनका कारण सिर्जित समस्याको समाधानका लागि कोसेढुङ्गा हुने विश्वास लिइएको छ ।

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले तयार पारी आवश्यक राय सुझावका लागि पठाइएको उक्त मस्यौदामा हानीनोक्सानी बापतको सम्बोधन, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन

ठुला ठेक्का भदौभित्र लगाउन कर्णाली प्रदेश सरकारको निर्देशन

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

नेपालबाट एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । यो उपलब्धि नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफल हो ।

नेपाल विद्युत् प्राधिकरणले आ.व. २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो ।

विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको मन्त्री खड्काले बताए ।

कस्तो छ सरकारको ‘तोडिएका ठेक्का पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने’ पूर्वाधार कम्पनी ?

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयन गर्न निर्देशन

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ५८ बजे

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले