गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ « Khabarhub

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । 

मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको ७३ लाख रुपैयाँ तथा साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी करिब ९० लाख रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको छ ।

साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित पिठो स्थानीय बजारदेखि बुटवलसम्म पुग्ने गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । साना किसान सहकारीले स्थानीय किसानबाट प्रतिपाथी २०० रुपैयाँमा मकै खरिद गरेको छ । 

किसानबाट खरिद गरेको स्थानीय जातको मकैलाई उद्योगमा प्रशोधन गरी त्यसलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाइएको अध्यक्ष छन्तेलले बताए । यसरी प्रशोधन गरेर तयार गरिएको मकैको पिठोको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।
      
तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट मकैको प्रशोधन, लेवलिङ र प्याकेजिङ गर्ने उपकरणमा कार्यालयबाट ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले जानकारी दिए । 

यस आर्थिक वर्षमा सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौँसम्म ३५ टन बराबरको पिठो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताए । 
      
नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेका लागि साना किसान सहकारीले गतिलो उदाहरण प्रस्तुत गरेको बताए । 

उनले सहकारीबाट उत्पादित मकैको पिठोलाई बजारीकरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए । उनले बजारमा उक्त पिठोको माग बढ्दै गएको बताए । 
   
विसं २०६३ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर स्थापना गरिएको उक्त सहकारी संस्थाले नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का करिब ३०० घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउँदै आइरहेको छ । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १ : १८ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित