इन्द्रदह मेलामा भक्तजनको उल्लेख्य सहभागिता « Khabarhub

इन्द्रदह मेलामा भक्तजनको उल्लेख्य सहभागिता


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने इन्द्रदह मेलामा करिब २५ हजार भक्तजनले सहभागिता जनाएका छन् ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो । दहचोकको इन्द्रदहमा स्नान गर्नाले पारिवारिक सुख शान्ति र समृद्धि कायम हुने तथा जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलामा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास रहिआएको छ ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको दहचोकको उक्त कुण्डमा गए रातिदेखि नै मृतकका सम्झनामा दीप प्रज्वलन गर्दै बैकुण्ठ बासको कामना गरेका छन् । केही भक्तजनले वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी स्नान गरेका थिए ।

पर्यटकीय गन्तव्यस्थलभित्रको इन्द्रदह नजिकै काजी कालु पाँडे समाधिस्थल क्षेत्र छ । उक्त क्षेत्र आसपासमा विभिन्न संरचना निर्माण गरिएका छन् । करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको सांस्कृतिक महत्वको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।

दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, ओढारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् । यहाँबाट दहचोक डाँडाबाट नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल तथा गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ५९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले