इन्द्रदह मेलामा भक्तजनको उल्लेख्य सहभागिता « Khabarhub

इन्द्रदह मेलामा भक्तजनको उल्लेख्य सहभागिता


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने इन्द्रदह मेलामा करिब २५ हजार भक्तजनले सहभागिता जनाएका छन् ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो । दहचोकको इन्द्रदहमा स्नान गर्नाले पारिवारिक सुख शान्ति र समृद्धि कायम हुने तथा जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलामा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास रहिआएको छ ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको दहचोकको उक्त कुण्डमा गए रातिदेखि नै मृतकका सम्झनामा दीप प्रज्वलन गर्दै बैकुण्ठ बासको कामना गरेका छन् । केही भक्तजनले वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी स्नान गरेका थिए ।

पर्यटकीय गन्तव्यस्थलभित्रको इन्द्रदह नजिकै काजी कालु पाँडे समाधिस्थल क्षेत्र छ । उक्त क्षेत्र आसपासमा विभिन्न संरचना निर्माण गरिएका छन् । करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको सांस्कृतिक महत्वको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।

दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, ओढारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् । यहाँबाट दहचोक डाँडाबाट नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल तथा गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ५९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित