जेनजी आन्दोलनबारे रास्वपाको निष्कर्ष : अप्रत्याशित थिएन, एमाले नेतृत्व नसच्चिए फेरि अर्को दुर्घटना हुन्छ « Khabarhub

जेनजी आन्दोलनबारे रास्वपाको निष्कर्ष : अप्रत्याशित थिएन, एमाले नेतृत्व नसच्चिए फेरि अर्को दुर्घटना हुन्छ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले गत भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनलाई शासकीय अनैतिकता र असक्षमताको परिणाम भनेको छ।

रास्वपाले यो आन्दोलन अप्रत्याशित र आश्चर्यजनक दुवै नभएको टिप्पणीसमेत कार्यवाहक सभापति डीपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् भनेको छ।

रास्वपाले ढिलो चाँडो यस्तो हुनसक्ने भन्ने आशंका पहिले नै गरेको उल्लेख गर्दै सरकारलाई निरन्तर सचेत गराएको पनि दाबी गरेको छ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दम्भ र घमण्ड देखाउँदै गएपछि नागरिकमा भरिएको आक्रोश चुलिँदै विष्फोट भएको प्रतिवेदमा भनिएको छ।

जेन-जी आन्दोलन हुनुको पाँच सारसंक्षेप तयार पार्दै रास्वपाले दलीय सिन्डिकेट, राज्यदोहन, भ्रष्टाचार र कुशासनका कारण यस्तो घटना भएको उल्लेख गरेको छ।

‘भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको विध्वंसात्मक घटनापछि राष्ट्रिय राजनीति फरक मोडमा आएको छ । तर यो मोड अप्रत्याशित र आश्चर्यजनक दुवै होइन किनकि ढिलो चाँडो यस्तो हुन सक्ने आशंका थियो’, प्रतिवेदनमा भनिएको छ, ‘हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौँ । संसदीय अङ्कगणितको बलमा शासकको अहंकार र दम्भ चुलिँदै गयो। अर्कातिर नागरिकमा चुलिएको आक्रोश विस्फोट हुने बिन्दुमा पुग्यो ।’

रास्वपाले यत्रो अकल्पनीय घटनापछि पनि तत्कालीन सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले सत्य स्वीकार्नुको साटो आन्दोलनको भावना र म्यान्डेट बाहिर गएर गतिविधि गरिरहेको भनेको छ।

प्रतिवेदनमा भनिएको छ,‘केही सहायक कारण र घटनालाई समातेर वा अतिरञ्जित गरेर केही नेता आन्दोलनको खास कारण र सत्यको विषयान्तर गर्न उद्यत छन्’, प्रतिवेदनमा भनिएको छ, ‘यो प्रवृत्तिले निरन्तरता पाए आगामी दिनका लागि घातक हुन सक्छ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : २९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग