ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए « Khabarhub

ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा दिएका ओलीले कसैले संविधान मिच्न नपाइने पनि बताए ।

एमालेको शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरे ।

‘पूर्वप्रधानन्यायाधीश भएको मानिस आफैँले संविधान मिचेर प्रधानमन्त्री हुनु गलत हो । यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो’, उनले भने ।

प्रधानन्यायाधीश भइसकेको मान्छे मानवअधिकार आयोगबाहेक अन्य कुनै ठाउँमा नियुक्त हुन नपाउने उनले तर्क गरे ।

पूर्वप्रधानमन्त्री ओलीले २-३ हजार केटाकेटीले डिस्कर्डमा जम्मा भएर भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई हावाको भरमा बनेको हाहु सरकारको पनि संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले भदौ २४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार संविधानअनुसार हुँदै नभएको जिकिर गरे । यो सरकारले लोकतन्त्र, संविधान र जनताको प्रतिनिधित्वसँग वैरभाव बोेको पनि ओली आरोप लगाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : ४७ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दी धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता