साप्ताहिक अर्थसंक्षेप : पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा घट्यो, चन्द्र ढकालको कम्पनी बेलायतमा, राष्ट्र बैंकले निक्षेप तान्दै र चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा घट्यो, चन्द्र ढकालको कम्पनी बेलायतमा, राष्ट्र बैंकले निक्षेप तान्दै र चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १८ प्रतिशत बढीले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासिक अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा ती बैंकहरूले १६ अर्ब १८ करोड बढी खुद नाफा आर्जन गरेका थिए ।

माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत बढी लाभांश घोषणा

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफूलाई ठूलो उद्योगीका रूपमा चिनाएका छन् ।

उनले बैंकिङ, पर्यटन, बिमादेखि धेरै क्षेत्रमा लगानी गरेका छन् । ढकालको नेतृत्व र सहभागितामा लगानी भएका उद्योग व्यवसायले हजारौं नेपालीलाई रोजगारी पनि दिएका छन् । त्यतिमात्रै नभएर नेपालको अर्थतन्त्रमा ढकालको महत्वपूर्ण योगदान छ ।

तर, अहिले ठूला उद्यमीको रूपमा परिचित ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीले भने उनीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो

जेन-जी आन्दोलन भएको डेढ महिना समय बितिसक्दा पनि कतिपय सरकारी निकायहरू अझै पनि निरन्तरतामा सञ्चालन हुन सकेका छैनन् ।

जसले गर्दा चालु आर्थिक वर्ष (आव) को साढे तीन महिनामा राज्यको औसत आर्थिक क्रियाकलाप गत आवको सोही अवधिको तुलनामा प्रभावित भएको तथ्यांकले देखाउँछ ।

अर्थ मन्त्रालयले आइतबार प्रकाशित गरेको तीन महिनाको तथ्यांकले समीक्षा अवधिमा सरकारको आयकर र गैरकर राजस्व आम्दानीमा नकारात्मक प्रभाव परेको छ ।

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

विवादित २८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार प्रधानमन्त्री सहित सरकारपक्षबीचबाट तय गरेको प्रस्तावमा सम्बन्धित उद्योगी सहमत भएको बताएका हुन् ।

प्रिमियम शुल्क विवादको विषयलाई लिएर लाइन काटिएका उद्योगीहरूको पीडित तथा प्रताडित उद्योग समूहले पनि सोही क्रममा विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पहल गरेर तय गरेको मध्यमार्गी प्रस्तावमा समर्थन रहेको जनाएको छ ।

 धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल

सरकारको पुनर्निर्माण कोषमा दुई बिमा कम्पनीले जम्मा गरे सवा करोड

नेपाल सरकारले स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई वटा बिमा कम्पनीले सवा करोड रुपैयाँ जम्मा गरेका छन् ।

मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले पच्चीस लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

कोषमा मंगलबारसम्म प्राप्त हुन आएको चेक रकम सहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त प्राविधिक टोलीको १७औँ बैठकले ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति भएको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा यही कात्तिक १७ र १८ गते पाेखरामा बसेकाे बैठकमा दुवै देशका प्राविधिक टोलीका सदस्यहरूको सहभागिता थियो ।

कैलालीमा १५६ उद्योग थपिए

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०२ बजे

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस