सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ « Khabarhub

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको आज आयोजित २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सार्वजनिक पुस्तकालय निर्माणका लागि बागमती प्रदेशले सहयोग गर्न तयार रहेको बताए ।

मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गरे  । उनले युवालाई प्रविधियुक्त पुस्तकालयमा जोड्नका लागि यस्ता सार्वजनिक पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

सार्वजनिक पुस्तकलायलाई अन्तरराष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री यस पुस्तकालयमा अद्यावधिक गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताए ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पुस्तकालयलाई यसअघि सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको भए पनि पछिल्लो समय सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको  बताए । उनले पुस्तकालयको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

शिक्षा मन्त्रालयअन्तर्गत केशर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले प्रदेश सरकारको आफ्नै पुस्तकालयका रूपमा यस सार्वजनिक पुस्तकालयलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए । प्रदेश सरकारभित्र यसलाई नमूना पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

पुस्तकालय समाजका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य याङकिला शेर्पा, पर्वतस्थित मोती पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, समाजका सदस्यद्धय तीर्थराज वन्त र भोलाकुमार श्रेष्ठलगायतले पुस्तकालयको संस्थागत विकासका लागि तीनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले पुस्तकालयका संस्थापक सदस्य जुजुभाइ डङ्गोलद्वारा लिखित ‘पुस्तकालय : अध्ययन संस्कृतिको आधार’ पुस्तक विमोचन गरेका थिए ।

संस्थापक सदस्य डङ्गोलले राजधानी काठमाडौंका बासिन्दालाई अध्ययन संस्कृतिको विकास गर्नका लागि योगदान पुर्‍याउने उद्देश्यले २०६० सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको जानकारी दिए ।

पुस्तकालयका प्रशासक तथा व्यवस्थापक लीलाप्रसाद भट्टराईले  पुस्तकालयमा दैनिक दुई सयभन्दा बढी पाठकहरू अध्ययनका लागि आउने गरेको बताए । यस्तै दैनिक ५० भन्दा बढी पाठकले घरमा पुस्तक लगेर पढ्ने गरेको उनको भनाइ छ ।  

कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री डा नारायण खड्का, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर, पूर्वसचिव किशोर थापा, पूर्व राजदूतद्वय राजेश्वर देवकोटा र डा मोहनप्रसाद लोहनी, संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति डा कुलप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : ०० बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै