‘जेरी अन टप’ले मनायो ५१औँ दिन « Khabarhub

‘जेरी अन टप’ले मनायो ५१औँ दिन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ ।

चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए । 

‘सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलुबजारमा राम्रो व्यापार गरेको छ, यो समग्रमा नेपाली चलचित्रकर्मीको लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ’, श्रेष्ठले भने । 

उनका अनुसार चलचित्रले रु १२ करोड ५० लाखको हाराहारीमा घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ । 

सरोज न्यौपानेले निर्माण गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । 

सुयोग गुरुङले निर्देशन गरेको चलचित्र ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्र समेत बनेको छ । अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताए । 

‘चलचित्रको सफलताले ऊर्जा थपेको छ, सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएको छ’, अभिनेता केसीले भने । 

काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन