माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा « Khabarhub

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले कार्यालय खोलेका छन् ।

उनले रुकुम पश्चिमस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका छन् ।

नयाँ दल गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस पनि गरे ।

माओवादी कार्यकर्ताको अवरोधबीच उनले रुकुम पश्चिमस्थित साविक नेकपा मओवादी केन्द्रको कार्यालयमा प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका हुन् ।

त्यहाँ दुई पक्षबीच उक्त कार्यालयले प्रगतिशीलले प्रयोग गर्ने सहमतिपछि नेता शर्माले माओवादीको कार्यालयमा प्रगतिशीलको झण्डा फहराएका हुन् ।

अब उक्त भवनलाई प्रगतिशील लोकतान्त्रिकले उपयोग गर्नेछन् । रुकुम पश्चिम शर्माको बलियो पकड भएको जिल्ला हो । जहाँबाट शर्माले निरन्तर संसदीय चुनाव जितिरहेका छन् । अब नयाँ दल खोलेपछि फागुन २१ मा हुने चुनावमा उनले के गर्लान् भन्ने अनुमान थालिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : २२ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल