प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई भनिन्- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिनुस् « Khabarhub

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई भनिन्- निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिनुस्


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छन् । 

आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरेकी हुन् । 

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उनले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गरिन् । 

उनले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् । 

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ४० बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,