केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस् « Khabarhub

केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आफू सचिव पदको उम्मेदवार नभएको स्पष्ट पारेकी छन् ।

आइतबार खबरहबसँग कुरा गर्दै पाण्डेले एघारौँ महाधिवेशनमा आफू सचिव पदको उम्मेदवार नभएको बताइन्। सचिवबाहेक अन्य पदमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको स्पष्टौती छ।

‘म यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि म सचिव पदको उम्मेदवार होइन। यो महाधिवेशनबाट एमालेको नेतृत्व परिवर्तन हुनुपर्छ र नयाँ विचार स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छु’, पाण्डेले भनिन्, ‘सचिव भएका अन्य पदमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको छु। कुन पद भन्ने विषय अहिले खुलेको छैन ।’

पाण्डेले ११ औं महाधिवेशनमा पनि प्रतिनिधिहरूले विवेक नपुर्‍याए एमालेलाई ठूलो घाटा लाग्ने भन्दै विवेक पुर्‍याएर नेतृत्व चुन्नका लागि सुझाव दिएकी छन्।

‘देशको अवस्था फेरिएको छ, महाधिवेशन प्रतिनिधिलाई नै थाहा छ एमाले नेतृत्व सरकारमा भएको बेला सडकमा के के भयो । महाधिवेशनको मुखैमा निर्वाचन आएको छ, यो फेस गर्न पनि हामीले महाधिवेशनबाट नेतृत्व फेर्नुपर्छ’, उनले अगाडि भनिन्, ‘नेतृत्वले सबै नकाम गरे नराम्रो मात्रै गरे भन्ने मेरो धारणा होइन । तर गल्तीलाई गल्ती भन्न सक्नुपर्छ। कमरेड ओलीले दुई पटकसम्म पार्टीको नेतृत्व गर्नुभयो। उहाँले देशको पनि नेतृत्व गरिसक्नुभएको छ। म उहाँलाई आग्रह गर्न चाहन्छु, सम्मानपूर्वक पार्टीको अभिभावक बन्नुहोस्, नेतृत्व अरुलाई सर्वसम्मतिमा छोडिदिनुस्।’

व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिएर भवन बनाएपछि त्यसको विरुद्धमा उत्रएकी पाण्डेलाई एमालेले छ महिनासम्म केन्द्रिय सदस्यबाट निलम्बन गरेको थियो।

एमालेमा वैचारिक र अध्ययनशील नेतृत्व रहेकी पाण्डेलाई यो पटक ईश्वर पोखरेल समूह बाट सचिवालयमा आउने सम्भावना छ ।

पाण्डेसँगको अन्तर्वार्ता केही समय…

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ५७ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६