हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक « Khabarhub

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको नाम सार्वजनिक गरेको छ। एल साराबी, ओहाद बेन अमाइ र ओर लेभी रिहा हुन लागेका हुन्। १९ जनवरीमा युद्ध विराम भए यता १८ जना बन्दी यसअघि नै रिहा भइसकेका छन्।

यसको बदलामा ३८३ प्यालेस्टाइनी कैदी पनि इजरायली जेलबाट छुटेका छन्। शनिबार थप १८३ जना प्यालेस्टाइनीलाई जेलबाट इजरायलले छाड्ने छ।

पहिलो चरणमा ३३ बन्दी तथा १९ सय कैदी छाड्ने सहमति भएको छ। छाड्ने भनिएका ३३ मध्य ८ जना मरीसकेको इजरायलले जनाएको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्दी बनाइएका थिए। यसको प्रतिकारमा इजरायलले गरेको हवाई आक्रमणमा ४७ हजार भन्दा बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ४० बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त