हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक « Khabarhub

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको नाम सार्वजनिक गरेको छ। एल साराबी, ओहाद बेन अमाइ र ओर लेभी रिहा हुन लागेका हुन्। १९ जनवरीमा युद्ध विराम भए यता १८ जना बन्दी यसअघि नै रिहा भइसकेका छन्।

यसको बदलामा ३८३ प्यालेस्टाइनी कैदी पनि इजरायली जेलबाट छुटेका छन्। शनिबार थप १८३ जना प्यालेस्टाइनीलाई जेलबाट इजरायलले छाड्ने छ।

पहिलो चरणमा ३३ बन्दी तथा १९ सय कैदी छाड्ने सहमति भएको छ। छाड्ने भनिएका ३३ मध्य ८ जना मरीसकेको इजरायलले जनाएको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्दी बनाइएका थिए। यसको प्रतिकारमा इजरायलले गरेको हवाई आक्रमणमा ४७ हजार भन्दा बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ४० बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको